ad ad

खेल


बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

नेपालखबर
माघ ५, २०८० शुक्रबार १०:२७, काठमाडौँ

बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ।

गएराति भएको खेलमा तेस्रो डिभिजनको टोली युनियनिस्टाज सालामांकालाई जित्दै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो। 

सुरुमा १–० ले पछि परिसकेको बार्सिलोनाले अवस्था उल्ट्याउँदै ३–१ को जित हासिल गरेको हो। 

३१औँ मिनेटमा जुआन सेरानोको क्रसमा अल्भारो गोमेजले घरेलु टोली युनियनिस्टाजलाई अग्रता दिलाए पनि ४५औँ मिनेटमा कर्नरपछि काउन्टर अट्याकमा जोआओ फेलिक्सको पासमा फेरान टोरसले गोल गरेपछि बार्सिलोना बराबरीमा आएको थियो।

६९औँ मिनेटमा जुल्स कुन्डेले बक्स बाहिरबाट आक्रामक प्रहार गर्दै बार्सिलोनालाई अग्रता दिए। त्यसको ४ मिनेटपछि कुन्डेकै पासमा अलेहान्द्रो बाल्डेले गोल थपेपछि बार्सिलोना विजयी भयो। 

कोपा डेल रेको क्वार्टरफाइनल शुक्रबार हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .