विभागीय टोली नेपाल एपीएफ क्लबले पोखरामा सम्पन्न टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा ह्याट्रिक गरेको छ।
पोखरा रगंशालास्थित भलिबल कोर्टमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधिमाथि ह्याट्रिक गरेको हो।
एपिएफले न्युु डायमन्डलाई २५–२०,२५–१८,२५–२१ को सोझो सेटमा पाखा लगायो।
उपाधिसगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको न्यु डायमन्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो।
39
Shares
प्रतिक्रिया