घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै हेल्प नेपाल स्पोर्टस क्लबले पहिलो पटक टाइगर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
हेल्प नेपालले शनिबार सम्पन्न फाइनलमा घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। यसअघिको दुई संस्करण च्याम्पियन बनेको गण्डकी उपाधि रक्षा गर्न सकेन।
हेल्प नेपालले गण्डकीलाई २५–१३,२५–१८,२४-२६ र २५-१७ ले जित्दै पहिलो पटक उपाधि जित्न सफल भयो।
उपाधिसगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ। दोस्रो भएको न्यु डायमन्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो।
66
Shares
प्रतिक्रिया