ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको पहिलो जित

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको पहिलो जित

नेपालखबर
माघ ७, २०८० आइतबार १४:३९, काठमाडौँ

विपिन खत्रीको घातक बलिङ र मुस्कान थापाको अर्धशतकमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ। 

गण्डकीले कोशीलाई १ सय ४२ रनले हराउँदा पहिलो जित निकालेको हो। 

जितविहीन कोशीले प्रदेशले ६ खेलमा लगातार हार व्यहोरेको हो। गण्डकीले ४ खेलमा १ मा जित र ३ खेलमा हार भोग्दै अंक तालिकामा खाता खोलेको छ। 

आइतबार भएको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई २५ रनमा नै अलआउट गरेको हो। 

गण्डकीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश १५.२ ओभरमा २५ रन बनाउँदा अलआउट भयो। 

कोशीका कुनैपनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। चार ब्याटर शुन्य रनमा आउट हँदा कप्तान अंकित सुवेदीले बनाएको ८ रन नै सर्वाधिक रह्यो। 

कोशीलाई सस्तैमा आउट गर्न विपिन खत्री एक्लैले ६ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै मात्र ४ रन खर्चे। 

सन्दीप पराजुलीले ३ विकेट लिए। सन्दीपले ३.२ ओभरमा १ मेडन राख्दै ८ रन दिएका थिए। अंकित न्यौपानेले एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि माथिल्लो मूलपानी मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकी ४८.२ ओभरमा १ सय ७६ रन बनाउँदा अलआउट भयो। 

गण्डकीका लागि मुस्कान थापाले ६७ रन को पारी खेले। १ सय २२ बलको सामना गरेका मुस्कानले ७ चौका हान्दा अभ्यास तिमिल्सिनाको बलमा बोल्ड भए। 

कप्तान विपिन खत्रीले ४२ रन थपे। ७१ बलमा ५ चौका र १ छक्का हानेका विपिन क्याच आउट भए। कमल परियारले १३ रन दिए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन। 

गण्डकीलाई रोक्न कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। ९.२ ओभरमा २२ रन खर्चेका उनले ३ मेडन राखे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .