ad ad

खेल


१६ वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चक्र तामाङ

१६ वर्षमुनिको राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चक्र तामाङ

नेपालखबर
माघ ७, २०८० आइतबार १६:९, काठमाडौँ

घरेलु मैदानमा हुने साफ यू–१६ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चक्र तामाङ नियुक्त भएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार तामाङलाई यू–१६ मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। 

सहायक प्रशिक्षकमा भगवती थापा र पासाङ तामाङ छन्। गोलकिपिङ प्रशिक्षकमा गंगाराम देउजा छन्। 

उनीहरुलाई एन्फा महासचिव किरण राईले नियुक्ती गरिएको पत्र दिएका हुन्। 

नेपालले पहिलो खेलमा फागुन १९ गते बंगलादेशसँग खेल्नेछ। सो खेल दिउँसो ३ बजे सुरु हुनेछ।  २१ गते हुने खेलमा भुटानसँग तथा समूह चरणको अन्तिम खेलमा २४ गते भारतसँग खेल्ने तालिका छ।

च्याम्पियनसिपमा आयोजक नेपालसँगै भारत, भुटान र बंगालदेश छन्। समूहका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल फागुन २७ गते हुनेछ।

च्याम्पियनसिप फागुन १८ देखि २७ गतेसम्म हुनेछ। सबै खेल च्यासल मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .