ad ad

खेल


‘आहा! रारा पोखरा गोल्ड कप फुटबल’ आजदेखि, उद्घाटन खेलमा आयोजक सहारा र थ्री स्टार भिड्दै

‘आहा! रारा पोखरा गोल्ड कप फुटबल’ आजदेखि, उद्घाटन खेलमा आयोजक सहारा र थ्री स्टार भिड्दै

फाइल तस्बिर : पोखरा रंगशाला


नेपालखबर
माघ ९, २०८० मंगलबार ९:३५, काठमाडौँ

२३औँ आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आज (मंगलबार) पोखरामा सुरु हुँदै छ।

आज उद्घाटन खेलमा आयोजक सहारा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगितामा ८ ए डिभिजन र एक विदेशीसहित १२ टोली सहभागी हुँदै छन्। 

प्रतियोगिताको दोस्रो दिन बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच भिडन्त हुनेछ। 

यसपछि माघ ११ गते दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ तथा १२ गते दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच खेल हुने तालिका छ।

पोखरा रंगशाला हुने प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सहभागी टालीले हरेक खेलमा प्रोत्साहन रकम पनि पाउनेछन्।

प्रि-क्वाटर खेल्ने दुवै टोलीले २० हजार, क्वाटरफाइनल खेल्ने टोलीले ३० हजार तथा सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।

साथै प्रतियोगितामा सहभागी सबै टोलीको दैनिक भत्ता र आतेजाते यातायात खर्च आयोजक सहाराले बेहोर्ने बताइएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका उत्पादन आहा तथा रारा तयारी चाउचाउ हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .