ad ad

खेल


३१ ओभरमा नेपालले जोड्यो जम्मा १०९ रन

३१ ओभरमा नेपालले जोड्यो जम्मा १०९ रन

नेपालखबर
माघ २५, २०७६ शनिबार ६:२९,

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म ३१ ओभरमा ५ विकेट गुमाउँदै १०९ सय रन पूरा गरेको छ। कुशल मल्ल २७ र विनोद भण्डारी २५ रनमा क्रिजमा छन्। नेपालका लागि कुशल र विनोदले ५३ रनको साझेदारी गरेको छ। कुशलले २९ बलमा २ चौका र २ छक्का हाने। भण्डारीले ३२ बलमा १ छक्का र २ चौका हाने।

खराब सुरुवात गरेको नेपाललाई दोस्रो विकेटका लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ४० रनको साझेदारी गर्दै केही इनिङ उकासेका थिए। तर, ज्ञानेन्द्र क्यामरन स्टिभेन्सनको १४ औं ओभरको पाँचौ बलमा स्टिभ टेलरबाट २१ रनमा क्याच आउट भए। ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे। ५१ बलको सामना गरेका पारस २ चौकासहित १९ रनमा पवेलियन फर्के। उनी क्यामरोन स्टेभनको बलमा क्याच आउट भए।

नेपालको ओपनिङ आज पनि खराब रह्यो। ओपनिङ फेरबदल गर्दै सुवास खकुरेल र ज्ञानेन्द्र मैदान उत्रेका थिए। ओपनर सुवास खकुरेल रस्टी थेरनको चौथो ओभरको पहिलोे बलमा सिलिपमा तिमिल पटेलबाट ३ रनमा क्याच आउट हुन पुगे। सुवासले १० बलको सामना गरे।

कप्तान सौरभ नेत्रवलकारको १७ औं ओभरको पहिलो बलमा उप कप्तान दीपेन्द्रसिंह ऐरी खराब शट खेल्दै जेभियर मार्शलबाट शून्यमा आउट भए। आरिफ शेख २ रनमा कप्तान सौरभ नेत्रवलमको बलमा क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .