ad ad

खेल


भलिबल संघलाई एनआरएनएको आठ लाख रुपैयाँ सहयोग

भलिबल संघलाई एनआरएनएको आठ लाख रुपैयाँ सहयोग

नेपालखबर
माघ १०, २०८० बुधबार १३:१९, काठमाडौँ

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषद् (एनआरएनए) को नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ।

संघको बालुवाटारस्थित मुख्यालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार गरेको कार्यक्रमबीच संघका अध्यक्ष डा. बद्री केसीले भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई सहयोग हस्तान्तरण गरेका हुन्।

नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबल संघलाई गैरआवासीय नेपाली संघले ८ लाख रुपैयाँ सहयोग गरेको हो।

कार्यक्रममा भलिबल संघका अध्यक्ष चन्दले एनआरएनएको सहयोगले भलिबल खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा अध्यक्ष केसीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गरेको स्मरण गर्दै नेपालको खेलकुदको विकासका लागि आफूहरुले सधैं सहयोग गर्ने बताए।

यसअघि संघले नेपाल क्रिकेट संघ क्यानलाई १० लाख रुपैयाँ सहयोग गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .