बलिउड अभिनेता ऋतिक रोशन अभिनित 'फाइटर' शुक्रबार रिलिज हुँदै छ।
तर, मध्यपूर्वका देशहरुले उक्त फिल्म प्रदर्शनमा रोक लगाएका छन्।
यूएई (युनाइटेड अरब इमिरेट्स) बाहेकका खाडी मुलुकमा यस फिल्मलाई प्रतिबन्ध लगाइएको हो।
चलचित्र व्यवसाय विशेषज्ञ तथा निर्माता गिरिश जोहरले फाइटरबारे जानकारी दिएका हुन्।
तर, ती देशले फाइटरको प्रदर्शनमा किन रोक लगाए भन्ने कारण खुलाइएको छैन।
यस फिल्ममा ऋतिक रोशनसँगै दीपिका पादुकोण र अनिल कपुर मुख्य भूमिकामा छन्।
भायाकम १८ स्टुडियो निर्माण रहेको यस फिल्मलाई भारतको पहिलो एरिकल एक्सन फिल्म समेत भनिएको छ।
फिल्मको कथा सिद्धार्थ आनन्द र भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखका हुन्।
सिद्धार्थ निर्देशित यो फिल्म भारतको गणतन्त्र दिवसका अवसरमा रिलिज हुनेछ।
यसअघि सिद्धार्थले ‘पठान’ र ‘वार’जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन्।
Shares
प्रतिक्रिया