ad ad

खेल


नेपाललाई सुरुवातमै दोस्रो झट्का, ६ रनमा आकाश क्याच आउट

नेपाललाई सुरुवातमै दोस्रो झट्का, ६ रनमा आकाश क्याच आउट

नेपालखबर
माघ १०, २०८० बुधबार १४:३३, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। 

आठौं ओभरको खेल जारी रहँदा नेपालले दोस्रो विकेट गुमाएको हो। 

सातौं ओभरको पाँचौ बलमा मोहम्मद हुसैनले लगातार दोस्रो विकेट झारेका हुन्। आकाश त्रिपाठी ६ रन बनाउँदा क्याच आउट भए। 

त्यसअघि ओपनर अर्जुन कुमाल ६ रन बनाउँदा आउट भए। १२ बल खेलेका अर्जुन अहमद हुसैनको बलमा बोल्ड आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको उत्कृष्ट पारी खेलेका थिए। 

अहिले क्रिजमा कप्तान देव खनाल क्रिजमा आएका छन्। विपिन रावल २२ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .