ad ad

खेल


कप्तान देव खनाल आउट

कप्तान देव खनाल आउट

नेपालखबर
माघ १०, २०८० बुधबार १५:२२, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले कप्तान देव खनाल पवेलियन फर्केका छन्।  

इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ८० रन बनाएर खेलिरहेको छ।

कप्तान देवले ३७ बलमा ३ चौका मद्धतमा २३ रन बनाउँदा क्याच आउट हुन पुगे। लामो सट खेल्ने धुनमा रहेका देव अलि अस्फाँदको बलमाक्याच आउट भए।

चौथो नम्बरमा उत्तम मगर क्रिजमा आएका छन्। क्रिजमा विपिन रावल ३१ रनमा नटआउट छन्।

नेपालले पहिलो विकेटको रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको थियो। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए। यसअघि अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको उत्कृष्ट पारी खेलेका थिए।

सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .