ad ad

खेल


गण्डकीलाई मधेसले दियो ३२६ रनको विशाल लक्ष्य, अनिलको आक्रामक ब्याटिङ

गण्डकीलाई मधेसले दियो ३२६ रनको विशाल लक्ष्य, अनिलको आक्रामक ब्याटिङ

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८० बिहिबार १३:६, काठमाडौँ

अनिल शाहको आक्रामक ब्याटिङमा मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशसामु ३ सय ३६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३५ रनको विशाल योगफल तयार पारेको हो। 

दोस्रो विकेटका लागि अनिल शाह र मयन यादवले १ सय ५ रनको शतकिय साझेदारी गरे।

अनिलले १ सय २७ रनमा क्याच आउट भए। १ सय २५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दा कमल परियारको बलमा क्याच आउट हुन पुगे। 

अरनिको यादव ६३ र अविशेक तिवारी २७ रनमा नटआउट रहे। पवन सर्राफले ४० र रुपेश सिंहले ३२ रन थपे। मयन यादव २७ रनमा आउट भए। 

गण्डकीका लागि सन्देश पराजुलीले २ विकेट लिए। कृष्ण पौडेल र कमल परियारले समान एक विकेट लिए। पौडेल १० ओभर बलिङ गर्दा ११७ रन खर्चिँदै महँगो सावित भए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .