ad ad

कला


'लाहोर १९४७' मा एकसाथ देखिँदै सनी देओल र प्रीति जिन्टा

'लाहोर १९४७' मा एकसाथ देखिँदै सनी देओल र प्रीति जिन्टा

नेपालखबर
माघ ११, २०८० बिहिबार १३:९, काठमाडौँ

बलिउड फिल्म 'गदर २' को सफलतापछि सनी देओल नयाँ फिल्मको तयारीमा छन्। सनीको मुख्य भूमिका हुने आगामी फिल्म 'लाहोर १९४७' यतिखेर चर्चामा छ। 

फिल्ममा सन्नीको अपोजिटमा मुख्य अभिनेत्रीका लागि धेरैको नाम अगाडि आएको थियो।

यसैबीच, सन्नीसँग प्रिती जिन्टा मुख्य भूमिकामा देखिन लागेको खबर बाहिरिएको छ। प्रिति लामो समयपछि फिल्ममा कमब्याक गर्न लागेकी हुन्। 

बुधवार प्रीति आफ्नो लुक टेस्टका लागि स्टुडियो पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

यो फिल्म धेरै कारणले विशेष बन्न लागेको छ। किनकी यस फिल्मका निर्माता अभिनेता आमिर खान हुन्। 

आमिर र राजकुमार सन्तोषीले यस फिल्मको निर्माणमा सहकार्य गर्नेछन्। यस फिल्मको छायाङ्कन फेब्रुअरीबाट सुरु हुने बताइएको छ।

प्रीति र सन्नी यसअघि धेरै फिल्ममा एकसाथ देखिसकेका छन्। सनी र प्रीतिले ‘हिरोः लभ स्टोरी अफ ए स्पाई’, ‘फर्ज’ र ‘भैयाजी सुपरहिट’ जस्ता फिल्ममा एकसाथ काम गरिसकेका छन्। 

प्रीति पछिल्लो पटक ‘भैयाजी सुपरहिट’ मा देखिएकी थिइन्। यो फिल्म २०१८ मा रिलिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .