ad ad

खेल


सुदूरपश्चिमसामु बागमतीद्वारा २४८ रनको लक्ष्य

सुदूरपश्चिमसामु बागमतीद्वारा २४८ रनको लक्ष्य

नेपालखबर
माघ ११, २०८० बिहिबार १३:२४, काठमाडौँ

ओपनर आशुतोष घिरैयाको अर्धशतकमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशसामु २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सुदुरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४७ रनको योगफल तयार पारेको हो। 

बागमतीका लागि ओपनर आशुतोषले ५४ रनको महत्वपुर्ण योगदान दिए। उनले ६२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्ला विकास अग्रीको बलमा क्याच हुन पुगे। 

कप्तान रित गौतमले ४४ रन थपे। उनले ६१ बलमा ९ चौका हान्दा मिलन बोहोराको बलमा एलबीडब्लु धरापमा परे। 

अशोक पौडेलले ३१ र रविन जोशीले २४ रन बनाए। प्रतिश जिसीले १७ र विपिन आचार्यले १२ रन बनाए। सोनु देवकोटा २८ रनमा नटआउट रहे। 

सुदूरका लागि नारायण जोशी र शेर मल्लले समान ३ विकेट लिए। विकास अग्रीले २ तथा मिलन बोहोराले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .