ad ad

खेल


एपीएफ क्लबद्वारा लुम्बिनी ७ विकेटले पराजित

एपीएफ क्लबद्वारा लुम्बिनी ७ विकेटले पराजित

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:१७, काठमाडौँ

कप्तान रोहित पौडेलको अर्धशतक र रमेश कुर्मीको घातक बलिङमा एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ।

पीएम कपमा ६ खेलमध्ये समान ३ खेलमा जित र हार भोगेको एपीएफ ६ अंकमा छैटौँ स्थानमा छ।

पराजित लुम्बिनी प्रदेश भने १ खेलमा जित र चार खेलमा हार भोग्दै २ अंकमा नवौँ स्थानमा छ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य एपीएफले २२.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

एपीएफको जितमा कप्तान पौडेलले ५२ रन बनाए। पौडेलले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ५२ रन बनाउँदा बोल्ड आउट भए।

पुरन विक ३३ रनमा नटआउट रहे। लोकेश बलमे १६ रन बनाउँदा अमर राउटेला ८ रनमा नटआउट रहे। ओपनर प्रज्वल शाही ५ रनमा आउट भए।

लुम्बिनीका लागि ममोहम्मद हुसैन, कृष्ण कार्की र इकलाख अहमदले समान १ विकेट लिए।

त्यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा १ सय ३३ रनमा अलआउट भयो।

लुम्बिनीका लागि दिलसाद अली ३९ रनमा नटआउट रहे। ओपनर मृनल गुरुङ ३४ रनमा बोल्ड आउट भए।

विराट भण्डारी २३ र प्रज्वल थापा ११ रनमा आउट भए।

६ ब्याटरले दोहोरो अंकको स्कोर छुन नसक्दा तिन ब्याटर शुन्य रनमा पेभेलियन फर्के।

लुम्बिनीलाई कम स्कोरमा रोक्न रमेश कुर्मीले ५ विकेट लिए। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै २९ रन दिए। भुवन कार्कीले तीन विकेट लिए। रोहित पौडेल र मौसम ढकालले समान १ विकेट लिए।

जावालखेल युथ क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बिहीबार पोखरा रगंशालामा भएको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

जावलाखेलले अब सेमिफाइनल प्रवेशका लागि १५ गते मनाङमस्र्याङदी क्लबको सामना गर्नेछ।

जावलाखेलको जितमा हिसुब थपलियाले गरेको गोल नै निर्णायक बन्यो। खेलको ३९ औं मिनेटमा हिसुबको गोलमा जावालखेलले अग्रता बनाएको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा मछिन्द्र पहिलो खेलबाट नै फर्कनुपर्यो।

प्रतियोगितामा शुक्रबार नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्नेछन्। सो खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। शुक्रबारको खेलसँगै क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .