ad ad

खेल


चौका हानेर दीपक कँडेल आउट, नेपालमाथि बढ्यो दबाब

चौका हानेर दीपक कँडेल आउट, नेपालमाथि बढ्यो दबाब

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १९:२३, काठमाडौँ

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ।

पछिल्लो पटक नेपालले लगातार तीन विकेट गुमायो। छैटौँ क्रममा आएका दीपक कँडेल एक चौका हान्नेबित्तिकै आउट भए। 

उनलाई २७.४ ओभरमा नाशिर खानले एलबीडब्लु धरापमा पारेका हुन्। यससँगै नेपाल अब दबाबमा परेको छ।

यसअघि क्रिजमा आएका दीपक डुम्रे पनि केवल ५ रनमै आउट भए। उनलाई अरब गुलले हसन इसाखिलको हातबाट २६ औँ ओभरको पाँचौँ बलमा क्याच आउट गराए।

लगातार विकेट गएपछि नेपालले सामान्य लक्ष्य पनि भेट्टाउन कठिन हुने अवस्था आएको छ। 

यसअघि नेपालका आकाश त्रिपाठी १६ रन जोडेको अवस्थामा नाशिर खानको बलमा अलि अहमदको हातबाट क्याच आउट भए।

उनी २३ औँ ओभरको दोस्रो बलमा बाउन्ड्रीको कोसिस गर्दा पवेलियन फर्किएका थिए।

यसअघि विपिन रावल १९ बलको सामना गर्दै केबल २ रनमा आउट भएका थिए। 

उनीभन्दा पहिले अलराउण्डर गुलशन झा केबल १ रनमै बोल्ड आउट भएका थिए।

१२ बलमा १ रन बनाएका गुलशन खलिल अहमदको बलमा बोल्ड आउट भए।

त्यसअघि पाचौँ ओभरमा ओपनर अर्जुन कुमाल १० रनमा आउट भएका थिए।

अफगानिस्तनले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभर खेल्दै ६ विकेटको क्षतिमा ९६ रन बनाएको छ। 

नेपालबाट अहिले क्रिजमा कप्तान देव खनाल ६७ बलको सामना गर्दै ४४ रनसहित क्रिजमा छन्। उनलाई साथ दीपक बोहोरा आएका छन्। उनले दोस्रो बलमा चौका हान्दै खाता खोलेका छन्। 

पहिले ब्याटिङमा उत्रिएको आफगानिस्तानविरुद्ध तीव्र गतिका बलर आकाश चन्द चम्किँदा नेपालले सामान्य लक्ष्य पाएको थियो।

सुपर सिक्समा प्रवेश गर्न अफगानिस्तानले नेपाली युवा टोलीसामु १ सय ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्यलाई पछ्याउँदै अहिले नेपाल जवाफी ब्याटिङमा छ। 

यो खेलको विजेताले सुपर सिक्सको यात्रा तय गर्नेछ। पराजित हुने टोलीले भने १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .