ad ad

खेल


दबाबबीच कप्तान देव खनालले बनाए अर्धशतक

दबाबबीच कप्तान देव खनालले बनाए अर्धशतक

तस्बिर : क्यान


नेपालखबर
माघ १२, २०८० शुक्रबार १९:३२, काठमाडौँ

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपाली कप्तान देव खनालले अर्धशतक बनाएका छन्।

लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका हुन्।

उनले ७३ बलको सामना गर्दै ७ चौकाको मद्दतमा अर्धशतकीय पारी पूरा गरेका हुन्। 

अफगानिस्तनले पहिले ब्याटिङ गर्दै दिएको १ सय ४६ रनको लक्ष्य अहिले नेपालले पछ्याइरहेको छ। कप्तान खनालकै प्रेरणामा नेपालले ३२ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११६ रन बनाइसकेको छ।

नेपालबाट अहिले क्रिजमा कप्तान देव खनाल ७७ बलको सामना गर्दै ५२ रनसहित क्रिजमा छन्। उनलाई साथ दीपक बोहोरा आएका छन्। उनले पनि खनाललाई साथ दिँदै १९ बलमा १७ रन बनाइसकेका छन्। 

पहिले ब्याटिङमा उत्रिएको आफगानिस्तानविरुद्ध तीव्र गतिका बलर आकाश चन्द चम्किँदा नेपालले सामान्य लक्ष्य पाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .