ad ad

खेल


जित्न २ रन बाँकी हुँदा गुम्यो विकेट, आकाश चन्द १ रनमै आउट

जित्न २ रन बाँकी हुँदा गुम्यो विकेट, आकाश चन्द १ रनमै आउट

नेपालखबर
माघ १२, २०८० शुक्रबार २०:२४, काठमाडौँ

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा जित्न २ रन चाहिएका बेला आकाश चन्द आउट भएका छन्।

उनी केबल १ रन बनाएको अवस्थामा फारिदुन डाउडजाइबाट बोल्ड भएका हुन्। यससँगै नेपालले ९ विकेट गुमाएको छ।

यसअघि जित्न ६ रन चाहिएका बेला दीपक बोहोरा आउट भएका थिए। 

२७ रनको योगदान दिएको अवस्थामा बोहोरा फारिदुन डाउडजाइबाट बोल्ड आउट भएका थिए। दीपकले चार चौकासहित २७ रनको योगदान दिए।

यसअघि कप्तानी इनिङ खेलेका देव खनाल ५८ रनमा आउट भएका थिए।

नेपाली टोलीबाट अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका खनाल जितनजिक पुगेका बेला आउट भएका थिए।

लगातार विकेट गुमाएर दबाबमा परेको नेपाललाई चौथो क्रममा आएका खनालले उद्धार गर्दै लक्ष्यतर्फ अघि बढाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .