ad ad

खेल


कर्णालीलाई आर्मीले दियो २ सय ८० रनको चुनौती

कप्तान विनोद र बसिरको शतकीय साझेदारी
कर्णालीलाई आर्मीले दियो २ सय ८० रनको चुनौती

नेपालखबर
माघ १४, २०८० आइतबार १२:५६, काठमाडौँ

कप्तान विनोद भण्डारी र बसिर अहमदको शतकीय साझेदारीमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशसामु २ सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ७९ रनको योगफल तयार पारेको हो। 

छैटौँ विकेटका लागि कप्तान विनोद भण्डारी र बसिर अहमदले १ सय ७९ रनको अविजित साझेदारी गरे। 

कप्तान भण्डारीले इनिङ्सको अन्तिम बलमा शतक पूरा गरे। १ सय ३२ बलको सामना गरेका भण्डारीले ६ चौका र ३ छक्का प्रहार गर्दै १ सय रनमा नटआउट रहे। 

९२ बलमा १२ चौका र १ छक्का हानेका असिर अहमद ९८ रनमा अविजित रहे।  

भीम सार्की २५ रनमा बोल्ड आउट भए। कुशल मल्लले २१ र सन्तोष कार्कीले ११ रन बनाउँदै रन बनाउँदै पेभेलियन फर्के। ओपनर इमरान शेखले ५ रन बनाए। 

कर्णालीका लागि दिपेन्द्र रावतले २ विकेट लिए। प्रकाश जैसी र दिनेश अधिकारीको नाममा समान एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .