बार्सिलोनाका मख्य प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यमा क्लब छाड्ने बताएका छन्।
जारी सिजन खराब प्रदर्शन क्लबको खराब प्रर्दशनसँगै जाभीले क्लब छाड्ने घोषणा गरेका हुन्।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति घरेलु मैदानमा भिल्ला रियलसँग ५–३ को हार व्यहोरेसँगै जाभीले क्लब छाड्ने बताएका हुन्।
क्लबसँग १ वर्षको सम्झौता बाँकी रहेपनि उनले आगामी जुन ३० औपचारिक राजिनामा दिनेछन्।
सन् २०२१ को नोभेम्बरमा कतारी क्लब अल साद छाडेर जाभीले बार्सिलोनाको प्रशिक्षण सम्हालेका थिए। सन् २०२२–२३ मा जाभीले आफ्नो पहिलो सिजनमा नै बार्सालाई ला लिगा उपाधि जिताएका थिए।
तर यो सिजन भने लिग लिडर रियल मड्रिडसँग १० अंकले पछि परिसकेको छ।
४४ वर्षीय जाभीले आफू क्लबको मान्छे भएको र आफ्नो मुख्य प्राथमिकता क्लब नै रहेको बताएका छन्।
सन् २०१० को विश्वकप विजेता जाभीले बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा, उपाध्यक्ष राफा युस्टे र खेल निर्देशक डेकोसँगको छलफलपछि यो निर्णय गरेको बताएका छन्।
जाभीले आफ्नो बार्सिलोनाको खेल करियरमा २५ उपाधि र अवार्ड जितेका छन्।
Shares
प्रतिक्रिया