ad ad

खेल


साविक विजेता संकटालाई पराजित गर्दै आर्मी आहा राराको सेमिफाइनल प्रवेश

साविक विजेता संकटालाई पराजित गर्दै आर्मी आहा राराको सेमिफाइनल प्रवेश

नेपालखबर
माघ १४, २०८० आइतबार १७:५४, काठमाडौँ

साविक विजेता संकटा क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सकंटा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो।

आर्मीको जितमा दिनेश हेन्जनले दुई तथा जिलेस्पीजंग कार्कीले १ गोल गरे।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको आर्मीले दोस्रो हाफमा २ गोल थप्यो।

खेलको ४५ औँ मिनेटमा जिलेस्पीको हेडर गोलमा आर्मीले सुरुआती अग्रता बनाएको थियो।

खेलको ४८ औं मिनेटमा दिनेशले अग्रता दोब्बर पारे। दिनेशले नै खेलको ७६ औं मिनेटमा व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो। संकटाले भने सिधै बाइ पाएर क्वाटरफाइनल खेलेको थियो।

आर्मीले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेतासँग माघ १८ गते खेल्नेछ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन्।

यसअघि शनिबार भएको पहिलो क्वार्टरफाइनलमा भुटानको पारो एफसीलाई हराउँदै थ्रीस्टार क्लब सेमिफाइनलमा पुगिसकेको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .