आईसीसी यू–१९ विश्वकपको सुपर सिक्स अन्तर्गत बंगलादेशविरुद्ध नेपालले लगातार दोस्रो विकेट गुमाएको छ।
नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको हो। १३ बलमा ३ रन बनाएका आकाश इलबाल हुसैन एमोनको बलमा महफुजुर रहमान रब्बीको हातबाट क्याच आउट भए।
त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।
ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले आठौं ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ।
चौथो नम्बरमा कप्तान देव खनाल क्रिजमा आएका छन्। ओपनर अर्जुन कुमाल १४ रनमा नटआउट छन्।
33
Shares
प्रतिक्रिया