युवा ब्याटर विशाल विक्रम केसीले आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्समा बंगलादेशविरुद्ध अर्धशतक पूरा गर्नबाट चुकेका छन्।
बंगलादेशका बलरसामु लामो समय नेपाली ब्याटर क्रिजमा टिक्न नसक्दा विशाल अर्धशतक नजिक पुगेका थिए।
तर ४३ औं ओभरको अन्तिम बलमा रोहनत डौल्लाह बोसेनको बलमा विशाल बोल्ड आउट भए।
विशालले १ सय बलमा ६ चौका मद्दततमा ४८ रन बनाए।
विशालपछि नवौँ विकेटका रुपमा आकाश चन्द आउट भए। चन्द क्रिजमा पस्नेबित्तिकै गोल्डेन डक आउट हुन पुगे
कप्तान देव खनाल ३५ रनमा क्याच आउट भए। ओपनर अर्जुन कुमालले १४ रन थपे।
अहिले नेपालका लागि क्रिजमा सुवास भण्डारी र दुर्गेश गुप्ता रहेका छन्।
402
Shares
प्रतिक्रिया