ad ad

खेल


सुवास भण्डारी एक्लैले लिए बंगलादेशका ५ विकेट

सुवास भण्डारी एक्लैले लिए बंगलादेशका ५ विकेट

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १७, २०८० बुधबार १९:२६, काठमाडौँ

आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ।

नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७० रनको सामान्य लक्ष्य पछ्याइरहेको बंगलादेशले पाँचौ विकेट गुमाएको छ।

जवाफी ब्याटिङ गरेको बंगलादेशका ५ विकेट नेपालका सुवास भण्डारी एक्लैले लिएका छन्।

उनले अशिक्वार रहमान शिविललाई पहिलो विकेटका रुपमा गुलशन झाको हातबाट क्याच आउट गराए। रहमान ३४ बलमा १६ रन बनाएको अवस्थामा पवेलियन फर्किए। 

त्यस्तै सुवासले नै तेस्रो क्रममा छ्वाधुर रिजवानलाई ११ बलमा १५ रन बनाएको अवस्थामा विपिन रावलबाट आउट गराउन सफल भए।

सुवासकै बलमा कप्तान देव खनालले बंगलादेशका अर्का ओपनर जिसम आलमलाई आउट गराए। आलमले ४३ बलमा ५५ रनसहितको अर्धशतकीय पारी खेलेका थिए। 

त्यसपछि सुवासले नै अहर अमिनलाई बोल्ड आउट गरिदिए। उनी केवल १२ रन बनाएको अवस्थामा आउट हुन पुगे।

सुवासले नै खेलको २३ औँ ओभरको दोस्रो बलमा मोहम्मद शाहिहाब जेम्सलाई कप्तान देव खनालले क्याच गरे।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको नेपाल १ बल अगावै १ सय ६९ रन बनाउँदा अलआउट भएको थियो।

जवाफी ब्याटिङका क्रममा बंगलादेशले नेपालले दिएको १ सय ७० रनको सामान्य लक्ष्य ५ विकेट गुमाउँदै २६ औँ ओभरको दोस्रो बलमा भेट्टायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .