ad ad

खेल


त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपालको दोस्रो हार

त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपालको दोस्रो हार

लक्ष्मी जि.सी
माघ २६, २०७६ आइतबार १०:४०,

नेपालका भरपर्दा बलर चल्न नसकेपछि आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ।

त्रिवि मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो। यो श्रृंखलामा ओमानसँग नेपाल दोस्रोपटक पराजित भएको हो।

नेपाल पहिलोे खेलमा पनि गत बुधबार ओमानसँग १८ रनले पराजित भएको थियो।

नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो।

आजको खेलमा नेपालका भरपर्दा बलर सन्दीप लामिछाने निकै महगां सावित भए। सन्दीपले १० आभेर बलिङ गर्दा ६५ रन खर्चे। कुनै विकेट लिन सकेनन्।

नेपालका लागि सुसन भारी र कुशल मल्लले समान एक–एक विकेट लिए। सुसनले ७.१ ओभर बलिङ गर्दा ४१ रन दिँदा एक विकेट हात पारेका हुन्। कुशल मल्लले ९ ओभरमा २९ रन खर्चेर एक विकेट लिएका हुन्।

आज सन्दीपले १० ओभर, करण केसीले ९, करण सिंह ऐरिले ४, पारस खड्काले ७ तथा दीपेन्द्रसिंह ऐरिले एक ओभर  बलिङ गर्दा कुनै विकेट हात पार्न सकेनन्।

राम्रा मानिएका बलर नचलेपछि नेपालले हार व्यहोर्न परेको हो।

आज दोस्रो विकेटका लागि ओमानका अकिव लियास र जिसान मक्सुदले सतकिय साझेदारी गरेपछि नेपाललाई झट्का लागेको हो।

अकिव लियासले ओडिआईमा पहिलो शतक प्रहार गरे। उनले २ सय २ बलमा शतक पुरा गरेका हुन्।

पहिलो विकेटका लागि जतिन्दर सिंह र खबर अलीले ४९ रनको साझेदारी गरेका थिए। जतिन्दरलाई कुशल मल्ल र खबर अली सुसान भारीको बलमा आउट भएका थिए।

ओमानका जितका लागि आज अकिव लियासले सर्वाधिक १ सय ९ जोडे, जसिन मकसुदले ६८ तथा खवाल अलिले ४१ रन जोड्दा जतिन्दरले २३ रन जोडे।

अकिबले १ छक्का र १२ चौका हानेका थिए।

त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले सुरुवाती व्याटिङ गरेको थियो। निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा नेपालले २ सय ४९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि सर्वाधिक रन कप्तान ज्ञानेन्द्र मल्लले बनाएका थिए। ज्ञानेन्द्रले ५६ रन बनाउँदा पारस खड्काल ३८, बिनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८–२८ रन बनाएका थिए। ओपनर सुवास खकुरेलले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भए। करण केसी र सन्दीप लामिछानेले समान १०–१० रन जोडेका थिए।

नेपालले राम्रो लक्ष्य दिएता पनि बलिङमा चल्न नसकेको हो।

यस जितसँगै ओमान आइसीसी मेन्स क्रिकेट वल्र्डकप लिग २ को शीर्ष स्थानमै कायम रहन सफल भएको छ। ओमानले ९ खेलमा ७ खेल जित्दै १४ अंक बनाएको छ।

अमेरिका १० खेलसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले भने मात्र ३ खेल खेलेको छ। जसमा दुईमा हार र एक जित निकालेको छ। नेपालको २ अंक छ।

पुछारमा पपुना न्यु गिनी छ। जसको ८ खेलमा शुन्य अंक छ। नेपालले आगामी बुधबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछl

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .