ad ad

खेल


भारतलाई तेस्रो झट्का, गुल्शनपछि आकाशले लिए विकेट

भारतलाई तेस्रो झट्का, गुल्शनपछि आकाशले लिए विकेट

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १९, २०८० शुक्रबार १४:५८, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्समा भारतको तेस्रो विकेट पतन भएको छ। 

भारतका ओपनर अर्सिन कुलकर्नीलाई नेपाली बलर आकाश चन्दले १८ रन बनाएको अवस्थामा उत्तम मगरबाट क्याच आउट गराए।

त्यसअघि भारतले दोस्रो विकेटका रुपमा १४ ओभरको पाचौँ बलमा प्रियांशु मोलियोलाई गुमाएको थियो।

३६ बलमा १ चौका हानेका प्रियांशु १६ रन बनाउँदै रन आउट भए। 

त्यसअघि अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई पेवेलियको बाटो देखाएका थिए।

पाचौँ ओभरको पाचौँ बलमा गुल्शनले सिंहलाई विकेट किपर उत्तम मगरको हातबाट क्याच आउट गराए।

१८ बलमा ४ चौका बनाएका आर्दश २१ रनमा आउट भए। अर्का अ‍ोपनर अर्शिन कुलकर्नी १८ रनमा नटआउट छन्। 

दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत १६ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ६७ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .