ad ad

खेल


गुल्शनले लिए भारतको अर्को विकेट, शतक बनाएर सचिन दास आउट

गुल्शनले लिए भारतको अर्को विकेट, शतक बनाएर सचिन दास आउट

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १९, २०८० शुक्रबार १७:१६, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्समा शुक्रबार भइरहेको भिडन्तमा भारतका सचिन दासले नेपालविरुद्ध शतक बनाएका छन्।

ओपनरद्वयसहित तेस्रो क्रमका ब्याटर पनि सस्तैमा आउट भएको अवस्थामा पाँचौँ क्रममा आएका दासले नेपालविरुद्ध शतक बनाएका हुन्।

दासले अहिले १०१ बल खेल्दै ११६ रन बनाए। उनले नेपालविरुद्ध शतकीय पारी खेल्ने क्रममा ११ चौका र ३ छक्का हाने।

उनलाई गुलशन झाले ४७.४ ओभरमा दीपको बोहोराको बलमा क्याच आउट गराएका छन्। 

नेपालविरुद्ध चौथो क्रममा ब्याटिङमा आएका उदय शरण पनि शतकतर्फ लम्किएका छन्। 

उनले नेपालविरुद्ध १०१ बल सामना गर्दै ९२ रन बनाइसकेका छन्। शर्माले नेपालविरुद्ध ८ चौका हानिसकेका छन्।

त्यसअघि ओपनर आदर्श सिंह १८ बलमा २१ रन, अर्का ओपनर अर्शिन कुलकर्नी ३० बलमा १८ रन र तेस्रो क्रमका प्रियांसु मोलिया ३६ बलमा १९ रन बनाउँदै आउट भएका थिए।

नेपालका लागि गुलशन झाले २ र आकाश चन्दले एक विकेट लिएका छन्। भारतका ब्याटर मोलिया रन आउट हुन पुगेका थिए।

अहिले भारतका लागि क्रिजमा उदय शरणलाई साथ दिन मुसिर खान आइसकेका छन्। ताजा अवस्थामा भारतले ४७ ओभर खेल्दै ४ विकेटको क्षतिमा २७९ रन बनाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .