बलियो प्रतिद्वन्दी अस्ट्रेलियालाई २–१ गोलअन्तरले हराउँदै दक्षिण कोरिया कतारमा जारी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
दक्षिण कोरियाका योङ वु सियोलले ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि भिडिओ असिस्टेन्ट रेफ्रीले अफसाइड भनेपछि गोल रद्द भएको थियो।
फेरि ४१औँ मिनेटमा एटकिन्सनको क्रसमा क्रेज गुडविनले भली प्रहारमा गोल गरेपछि अस्ट्रेलिया अघि भएको थियो।
तर दक्षिण कोरियाले इन्ज्युरी समयमा गोल बराबरी बनायो। इन्ज्युरी समयको पाँचौँ मिनेटमा कप्तान सन ह्युङ मिनले जितेको पेनाल्टीमा ह्वाङ हि चानले गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
अतिरिक्त समयको १३औँ मिनेटमा कप्तान सनले उत्कृष्ट फ्रिकिक प्रहारमा गोल गर्दै कोरियालाई अग्रता दिलाए।
अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर एइडन ओ’निलले रातो कार्ड पाएपछि अस्ट्रेलिया १० खेलाडीमा खुम्चिएको थियो। त्यसपछि भने कोरियाले थप गोल गर्न सकेन।
दक्षिण कोरिया अब सेमिफाइनलमा जोर्डनसँग भिड्नेछ। जोर्डन शुक्रबार ताजिकिस्तानलाई हराउँदै अन्तिम चारमा आइसकेको छ।
आज (शनिबार) बाँकी दुई क्वाटरफाइनल खेल हुने छन्। साँझ ५ः१५ बजे इरान र जापान तथा राति ९:१५ बजे घरेलु टोली कतार र उज्वेकिस्तान भिड्नेछन्।
Shares
प्रतिक्रिया