ad ad

खेल


फिल फोडेनको ह्याट्रिकमा ब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीको जित

फिल फोडेनको ह्याट्रिकमा ब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीको जित

नेपालखबर
माघ २३, २०८० मंगलबार ८:३, काठमाडौँ

फिल फोडेनको ह्याट्रिकमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ। 

गएराति भएको प्रतिस्पर्धामा सिटीले ब्रेन्टफोडलाई ३–१ गोलले हराएको हो।

सिटीका लागि तीनै गोल फिल फोडेनले गरेका हुन्। 

पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका उनले त्यसपछि क्रमशः ५३औँ र ७०औँ मिनेटमा पनि गोल हाने। 

त्यसो त खेलको २१औँ मिनेटमा नील माउपेइले गोल गर्दै ब्रेन्टफोडलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसलाई जोगाउन नसक्दा ब्रेन्टफोर्ड ३–१ गोलअन्तरको पराजय बेहोर्न बाध्य भयो। 

यो जितसँगै म्यानचेस्टर सिटी २२ खेलबाट ४९  अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित ब्रेन्टफोड  २२ अंक जोडेर १५औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .