तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दैछ।
कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर गर्ने बलिङ गर्ने निर्णय गरेको छ।
क्यानडासँगको अन्तिम खेलमा हेमन्त धामीले डेब्यु गरेका छन्। जारी सिरिजमा नेपालका चार युवा खेलाडीले सिनियर टोलीमा डेब्यु गरेका छन्।
नेपालले आजको खेलमा चार परिवर्तन गरेको छ। आशिफ शेख, सूर्य तामाङ, रिजन ढकाल र सोमपाल कामी बेन्चमा छन्।
अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल सिरिज क्लीन स्वीप गर्ने योजनामा छ।
पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ४ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको थियो।
114
Shares
प्रतिक्रिया