तीव्र गतिका बलर हेमन्त धामीले डेब्यु विकेट लिएका छन्।
तेस्रो ओभरको चौथो बलमा ओपनर ओरोन जोनसनलाई ४ रनमा देव खनालको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
तीन खेलको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा क्यानडाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरेपछि ब्याटिङ गरेको क्यानडाले तेस्रो ओभरको खेल जारी रहँदा १ विकेट गुमाएर ७ रन बनाएर खेलिरहेको छ।
180
Shares
प्रतिक्रिया