क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम ओडिआई खेलमा आकाश चन्दले दोस्रो विकेट लिएका छन्।
आकाशले १४ औँ ओभरको अन्तिम बलमा श्रीमान्था विजयरथेलाई क्याच आउट गराए।
त्यसअघि तेस्रो ओभरको चौथो बलमा ओपनर आरोप जोनसनलाई ४ रनमा क्याच आउट गराउँदै तीव्र गतिका बलर हेमन्त धामीले डेब्यु विकेट लिएर नेपाललाई पहिलो सफलता दिलाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको क्यानडाले १५ औँ ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ।
96
Shares
प्रतिक्रिया