ad ad

खेल


कुशलले दिलाए नेपाललाई अर्को सफलता, झारे तेस्रो विकेट

कुशलले दिलाए नेपाललाई अर्को सफलता, झारे तेस्रो विकेट

तस्बिर : सराेज नेपाल


नेपालखबर
माघ २९, २०८० सोमबार १०:५९, काठमाडौँ

अलराउण्डर कुशल मल्लले क्यानडाको तेस्रो विकेट लिएका छन्। 

१९ औँ ओभरको पहिलो बलमा निकोलस किर्तनलाई ३ रनमा भिम सार्कीको हातबाट क्याच आउट गराए। 

त्यसअघि आकाश चन्दले १४ औँ ओभरको अन्तिम बलमा श्रीमान्था विजयरथेलाई क्याच आउट गराए। 

तेस्रो ओभरको चौथो बलमा ओपनर आरोप जोनसनलाई ४ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको क्यानडाले १८.१ औँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .