क्यानडाविरुद्धको तीन खेलको ओडिआई सिरिजको अन्तिम खेलमा नेपालले ५ रन अतिरिक्त पाएको छ।
क्यानडाले ४९ औँ ओभरको अन्तिम बलमा क्यानडाका कप्तान सदविन जफर पिचको पीच (खतरा क्षेत्र) मा दौडिएपछि अम्पाएरले नेपाललाई ५ रन दिएका थिए।
त्यसअघि ४९ औँ ओभरमा नै कप्तान जफर क्रिजमा दौडिएर रन लिदा अम्पाएरले चेतावनी दिएका थिए। तर दोस्रो पटक पनि पिचको मध्यभागबाट नै रन लिएपछि अम्पाएरले नेपाललाई ५ रन अतिरिक्त दिएका थिए।
नेपालले अतिरिक्त ५ रनबाट इनिङ्सको सुरुवात गरेको थियो।
आक्रामक सुरुवात गरेको नेपालले पाचौँ ओभरको खेल जारी रहँदा विना विकेटको क्षति ४५ रन बनाएर खेलिरहेको छ।
651
Shares
प्रतिक्रिया