ad ad

खेल


नेपाली ओपनर अनिल साहले बनाए शतक

नेपाली ओपनर अनिल साहले बनाए शतक

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २९, २०८० सोमबार १५:४३, काठमाडौँ

नेपाली ब्याटर अनिल साहले क्यानाडाविरुद्ध शतक बनाएका छन्। ओपनर साहले क्यानडाविरुद्धको तेस्रो एक दिवससीय खेलमा शतक पूरा गरेका हुन्। 

घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको अन्तिम खेलमा अनिलले शतक हानेका हुन्। 

ओडीआई इन्टरनेशनल करियरमा अनिलको यो पहिलो शतक हो। अनिलले ४१ औँ ओभरको तेस्रो शलमा शतक पूरा गरेका हुन्। 

अनिलले १ सय १६ बलमा ११ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे। 

आक्रमक ब्याटिङ गरेका अनिलले १५ औँ ओभरको पाचौँ बलमा अर्धशतक पूरा गरे। अनिलले ५१ बलमा ८ चौका मद्धतमा अर्धशतक पूरा गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .