अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधिका सबै सूचक सकारात्मक रहेको बताएका छन्।
बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
‘जति पनि आर्थिक गतिविधिका सूचक छन्, ती सकारात्मक छन्’, उनले भने, ‘म अर्थमन्त्री हुनुअघि धेरै दायित्व सृजना भएको थियो, त्यो सल्टाउने काम भएको छ।’
उनले बजेट खर्च कम भइरहेकाे, त्यसमा पनि पुँजीगत खर्च कम भएकाे र त्याे विगतभन्दा बढेकाे बताए।
अब पुँजीगत खर्च पनि बढ्ने बताउँदै उनले त्यसका लागि नीतिगत सुधार गरिएकाे उल्लेख गरे।
45
Shares
प्रतिक्रिया