ad ad

खेल


पछि परिसकेको स्थिति उल्ट्याउँदै इंग्लिस प्रिमियर लिगमा चेल्सीको जित

पछि परिसकेको स्थिति उल्ट्याउँदै इंग्लिस प्रिमियर लिगमा चेल्सीको जित

नेपालखबर
फागुन १, २०८० मंगलबार ९:१९, काठमाडौँ

पछि परिसकेको स्थिति उल्ट्याउँदै चेल्सीले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई हराएको छ। 

चेल्सीको जितका लागि कानर मिडफिल्डर ग्यालाघरले दुई र एन्जो फर्नान्डेजले एक गोल गरे। क्रिस्टलका तर्फबाट जेफर्सन लेर्मले एक गोल गरे। 

गएराति सेलहर्स्ट पार्कमा भएको खेलमा पहिलो हाफसम्म चेल्सी १–० ले पछि परेको थियो। खेलको ३०औँ मिनेटमा जेफर्सन लर्माले गोल गरेर घरेलु टोली प्यालेसलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा चेल्सीले ३ गोल हान्दै विजय प्राप्त गरेको हो। 

ग्यालाघरले ४७औँ पूर्वक्लब प्यालेसविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याए भने इन्ज्युरी समयको पहिलो मिनेटमा उनले पुनः गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाए। त्यसको ३ मिनेटपछि एन्जो फर्नान्डेजले गोल थपेपछि प्यालेसविरुद्ध चेल्सीले ३–१ को जित दर्ता गरेको हो। 

जितसँगै चेल्सीले २४ खेलबाट ३४ अंकसहित दसौँ स्थानमा छ। पराजित प्यालेस भने २४ खेलबाट २४ अंक जोड्दै १५औँ स्थानमा छ। शीर्ष स्थानको लिभरपुलको ५४ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .