ad ad

खेल


एसीसी महिला प्रिमियर कप : आज क्वार्टरफाइनलमा कुवेतसँग भिड्दै नेपाल

एसीसी महिला प्रिमियर कप : आज क्वार्टरफाइनलमा कुवेतसँग भिड्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८० बुधबार ९:१३, काठमाडौँ

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपाल आज क्वार्टरफाइनलमा कुवेतसँग भिड्दै छ। 

मलेसियाको वाईएसडी ओभल मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणमा हङकङ र भुटानलाई ८/८ विकेट र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले हराएको थियो। 

कुवेतले भने समूह चरणमा सिंगापुरलाई १० विकेट र म्यान्मारलाई २७ रनले हराएको थियो भने थाइल्यान्डसँग ९६ रनले हारेको थियो।

आजै क्वार्टरफाइनलका अरू दुई खेल पनि हुँदै छन्। जसमा मलेसिया र जापान तथा हङकङ र थाइल्यान्ड भिड्दै छन्। 

१६ देश सहभागी महिला प्रिमियर कपमा नेपालसहित थाइल्यान्ड, कुवेत, यूएई, जापान, मलेसिया, इन्डोनेसिया र हङकङ गरी ८ मुलुक क्वार्टरफाइनलमा पुगेका छन्।

म्यान्मार, सिंगापुर, चीन, ओमान, कतार, बहराइन, भुटान र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .