युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा सर्वाधिक विजेता रियल मड्रिडले जित निकालेको छ।
रियलले पहिलो लेगको भिडन्तमा जर्मन क्लब आरबी लाइपेजिगविरुद्ध १-० को साँघुरो जित आफ्नो पक्षमा पारेको हो।
रियललाई जिताउने क्रममा युवा खेलाडी ब्राहिम डियाजले निर्णायक गोल गरे। उनले खेलको ४४ औँ मिनेटमा हेडमार्फत बललाई जाली चुमाए।
जुड बेलिङ्घम घाइते भएपछि डियाजलाई अवसर दिइएको हो। उनले उक्त अवसरलाई प्रमाणित गर्न सफल भए।
यस जितसँगै रियललाई दोस्रो लेग केही सहज हुनेछ। रियल र लाइपेजिगको दोस्रो लेगको खेल आगामी ६ मार्चमा स्यान्टियागो बर्नबेउमा हुने छ।
21
Shares
प्रतिक्रिया