आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालले ६ विकेट गुमाएको छ।
सोमपाल कामी दुई रनमा आउट भएसँगै नेपालले ६ विकेट गुमाएको हो।
यसअघि पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमायो। कुशल २०औँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा क्याच आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा ७३ रन जोड्यो।
इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भए। कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट पहिलो बलमा नै क्याच आउट भएका थिए।
तेस्रो ओभरको पहिलो बलमा अनिल शाह ८ रनमा क्याच आउट भए। ६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे।
ओपनर आशिफ चौथो ओभरको पाँचौँ बलमा ४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। ११ बलमा १ चौका हानेका आशिफ ज्याब ब्रासेलको बलमा स्मिथ कै हातबाट क्याच आउट भएका हुन्।
१० औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। १३ बलमा १ रन बनाएका रोहित ज्याक ब्रसेलको बलमा बोल्ड आउट भए।
नामिबियाका लागि रुवेन र ब्रसेलले समान २ विकेट लिए। गेहार्ड इरासमसको नाममा एक विकेट रह्यो।
Shares
प्रतिक्रिया