ad ad

खेल


अर्धशतक बनाउन चुके भीम, संकटमा नेपाल

अर्धशतक बनाउन चुके भीम, संकटमा नेपाल

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ३, २०८० बिहिबार ११:४५, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध भीम सार्की अर्धशतक बनाउनबाट चुकेका छन्। 

नामिबियाविरुद्ध ४४ रन बनाएका भीम जेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा पर्दै पेभेलियन फर्के। 

६ बलमा २ चौका र १ छक्का प्रहार गरेका भीम २०औँ ओभरको चौथो बलमा आउट भए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले २८ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा ९४ रन बनाएर खेलिरहेको छ।

सातौँ विकेट गुमाएसँगै नेपाल संकटपूर्ण अवस्थामा आएको छ।

२८ ओभरको खेल जारी रहँदा नेपालले ७ विकेट गुमाएर ९४ रन बनाएको छ। क्रिजमा गुल्शन झा १४ र पवन सरौफ शून्य रनमा अविजित छन्।

नेपाल एक समय ९.३ ओभरमा ४–२१ को अवस्थामा थियो।

नेपालका लागि कुशल मल्ल र भिम सार्कीले पछिल्लो १० ओभरमा ४६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमायो। कुशल २० औँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा क्याच आउट भए। 

इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेल रोयल डक आउट भए। कुशल रुवेन ट्रम्पलम्यानको बलमा स्मिथको हातबाट पहिलो बलमा नै क्याच आउट भएका थिए। 

तेस्रो ओभरको पहिलो बलमा अनिल शाह ८ रनमा क्याच आउट भए। ६ बलमा २ चौका हान्दै ८ रन बनाएका अनिल रुवेन ट्रम्पलम्यानकै बलमा एलबीडब्लु धरापमा परे। 

ओपनर आशिफ चौथो ओभरको पाँचौँ बलमा ४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। ११ बलमा १ चौका हानेका आशिफ ज्याब ब्रासेलको बलमा स्मिथ कै हातबाट क्याच आउट भएका हुन्। 

१० औँ ओभरको तेस्रो बलमा कप्तान रोहित पौडेल १ रनमा बोल्ड आउट भए। १३ बलमा १ रन बनाएका रोहित ज्याक ब्रसेलको बलमा बोल्ड आउट भए। 

नामिबियाका लागि जेहार्ड इरासमसले ३ विकेट लिए। रुवेन, ब्रसेल्सले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .