आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ।
दीपेन्द्र सिंह ऐरी र देव खनाल प्लेइङ ११ मा परेका छन्।
अघिल्लो खेलको टोलीमा रहेका करण केसी र पवन सरार्फ अहिले बेन्चमा छन्। सूर्य तामाङ र आरिफ शेख पनि बेन्चमा छन्।
1.6k
Shares
प्रतिक्रिया