ad ad

खेल


नेदरल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ५, २०८० शनिबार १०:३९, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नेदरल्यान्ड्सको तेस्रो विकेट लिएको छ। 

ललित राजवंशीले १६औँ ओभरको चौथो बलमा साइब्रान्ड एङ्गलडेब्रेचलाई २३ रनमा अनिल शाहको हातबाट क्याच आउट गराए।

छैटौँ ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए। 

त्यसअघि तीव्र गतिका बलर सोमपाल कामीले ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले १६औँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ५६ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा बास डे लिड २१ रनमा नटआउट छन्। क्रिजमा कप्तान स्कट इडवार्ड आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .