आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
आक्रामक सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल २८ रन बनाउँदै क्याच आउट हुन पुगेका हुन्।
तेस्रो ओभरको पाचौँ बलमा कुशल भिभियन किंग्माको बलमा क्याच आउट हुन पुगे। कुशलले ११ बलमा ३ छक्का र २ चौका हाने।
अर्का ओपनर आशिफ शेख ८ रनमा नटआउट छन्। तेस्रो नम्बरमा अनिल शाह क्रिजमा आएका छन्।
330
Shares
प्रतिक्रिया