ad ad

खेल


डच टोलीविरुद्धको रणनीतिबारे के भन्छन् ओपनर आशिफ?

डच टोलीविरुद्धको रणनीतिबारे के भन्छन् ओपनर आशिफ?

नेपालखबर
फागुन ५, २०८० शनिबार १५:४७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आशिफ शेखले टोली आफ्नो भूमिका भनेको खेललाई अघि बढाउनु रहेको बताएका छन्। 

शनिबार नेदरल्याण्डस्‌लाई ९ विकेटले पराजित गरेपछि पत्रकारसँग कुरा गर्दै आशिफले भने, ‘टोलीमा कुशल (भुर्तेल) ले बाउण्ड्रीलाई कन्भर्ट गर्ने हो, मेरो भूमिका भनेको टोलीलाई सेफ जोनमा लैजाने र इनिङस् अघि बढाउने हो।’

डच टोलीविरुद्धको रणनितिबारे आशिफले अघि भने, ‘पावर प्ले को अवसरलाई सदुपयोग गर्नु थियो, आजको लक्ष्य पनि ठुलो थिएन। स्टार्ट पाएपछि त्यसलाई फिनिसिङ गर्ने थियो।’

आशिफले टियूको खेलमा टसले पनि धेरै फरक पार्ने बताउँछन्। आफ्नो खेल रणनितिबारे आशिफ आफ्नो खेल्ने शैली साधारण रहेको सुनाउँछन्। 

उनले भने, ‘जुन खेलमा अवसर पाउँछु ब्याटिङले नभए विकेट किपिङबाट टोलीलाई सहयोग गर्ने हो। मौका नपाउँदा कसरी हुन्छ टोलीलाई सहयोग गर्ने हो। टोलीमा म नहुँदा अनिल (दाई) शाहले पनि राम्रो गरिरहेको छ।’

ओपनरको हिसाबले कुशल र आफु दुबैका लागि तयार रहने बताएका छन्। उनले थपे, ‘टसका लागि हामी बलिङ ब्याटिङ दुवैको लागि तयार हुन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .