घरेलु टोली नेपालले आईसीसी विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङ गर्नेछ।
अमेरिकाविरुद्धको खेलमा नेपालले टोलीमा एक सदस्य परिवर्तन गरेको छ। कमल सिंहको ठाउँमा आज (बुधबार) ललित नारायण राजवंशीलाई राखिएकाे हो।
ओमानविरुद्ध तीव्र गतिका बलर अभिनाश बोहरालाई बेन्चमा राख्दै कमलसिंह ऐरीलाई डेब्यु गराएको थियो। तर कमलले ४ ओभरमा २९ रन खर्चिंदा विकेट लिन सकेनन्।
पहिलो खेलमा अमेरिकालाई ३५ रनले हराएको नेपाल सुखद अन्त्यको आशामा छ। नेपाल ओमानसँग भने पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो। यता अमेरिका पनि ओमानसँग ६ विकेट र ९२ रनले पराजित भएको थियो।
यता अमेरिका पनि सुखद अन्त्यको आशामा छ। ओमानले शतप्रतिशत जित निकाल्दै नेपाल भ्रमण सकेको छ। नेपालले ओमानसँग दोस्रो खेलमा २ सय ४९ रन बनाएपनि ८ विकेटको हार बेहोरेको थियो।
प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, ललित नारायण राजवंशी, सुवास खकुरेल र सन्दीप लामिछाने बेन्चः रोहित कुमार पौडेल, अभिनाश बोहरा र कमल सिंह ऐरी।
प्रतिक्रिया