ad ad

खेल


टी-२० आई सिरिज : फाइनलमा पुग्न आज नामिबियालाई जित्नैपर्ने दबाबमा नेपाल

टी-२० आई सिरिज : फाइनलमा पुग्न आज नामिबियालाई जित्नैपर्ने दबाबमा नेपाल

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार ९:१, काठमाडौँ

घरेलु मैदानमा जरी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपाल आफ्नो तेस्रो खेलमा  आज (शुक्रबार) नामिबियासँग भिड्दै छ। 

खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु गर्ने तालिका छ। 

यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई हराउनैपर्ने हुन्छ। 

यसअघि नेपालले लगातार दुई खेल हारेको छ। नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र नेदरल्यान्ड्सँग २ रनले हारेको हो। 

आजको खेल पनि हारे नेपाल फाइनल दौडबाट बाहिरिनेछ।

नेपाल आज हारेमा नामिबिया र नेदरल्यान्ड्सबीच फाइनल प्रतिस्पर्धा हुने पक्का हुनेछ।

नेदरल्यान्ड्सले बाँकी रहेका नेपाल र नामिबियामध्ये एकलाई जिते फाइनलमा पुग्नेछ। 

नेदरल्यान्ड्स शनिरबार नेपाल तथा आइतबार नामिबियासँग भिड्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .