आइतबार वर्षाले प्रभावित बनाएपछि नेपाल र हङकङबीचको टी२० मैत्रीपूर्ण खेल रद्द भएको छ।
दुईपटक पानीले अवरोध गरेपछि आठ ओभर खेलिसकेको अवस्थामा रद्द गरिएको हो।
नेपाली क्रिकेट टोली मैत्रीपूर्ण खेलका लागि हङकङ गएको हो। पहिलो खेल हारेको नेपालले आइतबार दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको थियो।
तर आठ ओभरको समाप्तिसँगै वर्षातपछि आजका लागि खेल रद्द गरिएको हो। ८ ओभरमा हङकङ २ विकेट गुमाएर ६५ रनको अवस्थामा थियो।
600
Shares
प्रतिक्रिया