बूढानीलकण्ठ भलिबल क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको पुरुषतर्फको खेलमा खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह सी को विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो।
पुलिससँगको हारको बावजुत बूढानीलकण्ठ पनि समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा पुलिसले बूढानीलकण्ठलाई २५–१९, २५–१४ र २५–२२ को सोझो सेटमा पाखा लगायो।
लगातार दुई खेलमा पराजित भएको कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
पुलिसले अब सेमिफाइनल प्रवेशका लागि समूह ए को उपविजेता तथा बूढानीलकण्ठले समूह ए को विजेता टोलीसाग खेल्नेछ।
समूह ए मा साविक विजेता टिप टप हेल्प नेपाल स्पोट्र्स क्लब, कोसी प्रदेश र ढोरपाटन स्पोर्ट्स क्लब छन्।
आजै भएको पुरुषतर्फको अर्को खेलमा मणि मुकुन्द भलिबल क्लब बुटवलविरुद्ध गण्डकी प्रदेशले पहिलो जित दर्ता गरेको छ।
लिगको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग सोझो सेटमा पराजित भएको गण्डकीले दोस्रो खेलमा मणि मुकुन्द भलिबल क्लब बुटवललाई ३–१ को सेटमा पराजित गर्यो।
गण्डकीले पहिलो र दोस्रो सेटमा २५–१८ र २५–१४ ले हराउादै सहज जित निकालेको थियो। तर तेस्रो सेट भने २७–२९ ले गुमायो। तर चौथो तथा निर्णायक सेटमा गण्डकीले २५–१९ ले हराउँदै जित दर्ता गरेको हो।
Shares
प्रतिक्रिया