अफगानिस्तानमा महिलालाई खराब व्यवहार गरेको आरोप लगाउँदै अस्ट्रेलियाले ऊसँगको प्रस्तावित टी–२० सिरिज रद्द गरेको छ।
तीन खेलको उक्त टी-२० सिरिज अगस्टमा अस्ट्रेलियामा हुने भनिएको थियो।
क्रिकेट अस्ट्रेलियाले आफ्नो सामाजिक सञ्जाल साइट एक्सको ह्यान्डलबाट ट्विट गर्दै यो जानकारी दिएको हो।
उसले यो अस्ट्रेलिया सरकारसँगको वार्तापछि निर्णय गरेको बताएको छ।
An update to our Aussie men's team schedule ⬇️
CA will continue its commitment to the participation of women and girls cricket around the world and will work closely with the ICC and the Afghanistan Cricket Board to resume bilateral matches in the future. pic.twitter.com/OIO5PLjle5— Cricket Australia (@CricketAus) March 19, 2024
यद्यपि उनले यस ट्विटमा भविष्यमा अफगानिस्तानसँग मिलेर काम गर्ने आशा पनि व्यक्त गरेको छ।
ट्विटमा भनिएको छ, ‘क्रिकेट अस्ट्रेलियाले विश्वभरको क्रिकेटमा महिलाको निरन्तर सहभागिताका लागि आफ्नो प्रतिबद्धता कायम राख्नेछ। र, भविष्यमा द्विपक्षीय खेल पुनः सुरु गर्न आईसीसी र अफगानिस्तान क्रिकेट बोर्डसँग मिलेर काम गर्नेछ।’
78
Shares
प्रतिक्रिया